
फाइल तस्वीर
बर्दिया । कर्तव्य ज्यान सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गेरूवा गाउँपालिका-४ जोधिपुर बस्ने ३७ वर्षीय श्याम बिसी भन्ने टिकाराम बुढा क्षेत्री रहेका छन् ।
बिसीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हाे ।
कर्तव्य ज्यान सम्बन्धी कसूर मुद्दामा २०६२ साउन १६ गतेदेखि फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्