८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


सातै प्रदेशमा छुट्टाछुट्टै निर्वाचन घोषणापत्र बनाउँदै कांग्रेस


117
Shares

काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशका लागि छुट्टाछुट्टै निर्वाचन घोषणापत्र बनाउने तयारी गरिरहेकाे छ ।

कांग्रेसले पहिलाेपटक प्रदेश संरचनागत निर्वाचन घोषणापत्र बनाउन लागेकाे हाे ।

केन्द्रीय घोषणापत्र तयारी समितिका संयोजक विश्वप्रकाश शर्माले मूल घोषणापत्रमा सार समेटेर प्रदेशका लागि भिन्नाभिन्नै घोषणापत्र बनाउन लागिएको बताउनुभयाे ।

सात प्रदेशको घोषणापत्र बनाउनका लागि छ महामन्त्री र एक केन्द्रीय सदस्यलाई समन्वय गर्न जिम्मेवार तोकिएको छ ।

केन्द्रीय घोषणापत्र तयारी समितिको बैठकले प्रदेशको समन्वय गर्ने गरी सात जनालाई जिम्मेवारी दिएको छ ।