
एजेन्सी । भारतीय अभिनेत्री आलिया भट्ट अभिनित पहिलो हलिउड फिल्म ‘हार्ट अफ स्टोन’को फस्ट लुक टिजर सार्वजनिक भएको छ ।
आलियाले आफ्नो पहिलो हलिउड डेब्यू फिल्मको फस्ट लुक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन् । फिल्ममा आलियाको साथमा हलिउड कलाकार गल गाडोट र जेमी डोर्ननले मुख्य भूमिका रहेको छ ।
आफ्नो फर्स्ट लुकको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आलियाले लेखेकी छन्, ‘हार्ट अफ स्टोन र केयाको फर्स्ट लुक।’ यो फिल्म सन् २०२३ मा नेटफ्लिक्समा रिलिज हुने छ । आलियाको उक्त पोष्ट हेरेर उनका प्रसंशकहरू फिल्मका लागि निकै उत्सुकताका साथ पर्खिरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
निर्देशक टम हार्परद्वारा निर्देशित उक्त चलचित्र एक्शन थ्रिलर चलचित्र हो ।
प्रतिक्रिया दिनुहोस्