
काठमाडौं । हिरासतमा रहेका व्यक्तिको नाममा आमेरिकाबाट गाजाको पार्सल आएको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ ।
अमेरिकाबाट आएको लुगाको पार्सलभित्र लुकाएको अवस्थामा एक किलो ३३० ग्राम लागूऔषध गाजा बरामद भएको लागूऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता तथा एसपी योगेन्द्र तिम्सिनाले बताउनुभयो ।
केहीदिन अघि पक्राउ परेका व्यक्तिकै नाममा पार्सल आएपछि गोश्वारा हुलाक कार्यालय, डिल्लीबजारले लागुऔषध नियन्त्रण ब्यूरोलाई खबर गरेको थियो । त्यसक्रममा थप उक्त गाजा बरामद भएको हो । मण्डनदेउपुर–७, काभ्रेपलाञ्चकका मनोज राई हिरासतमा रहेकै बेला उनको नाममा गाजाको पार्सल आएको हो ।
उनलाई ब्यूरोले हुलाकबाट आएको ३ किलो ७० ग्राम लागुऔषध गाजासहित भदौमा २० पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्