
कास्की । कास्कीमा पाइप चोरेको आरोपमा प्रहरीले वडा सदस्यसहित चार जनालाई पक्राउ गरेको छ ।
प्रहरीले मादी गाउँपालिका-१ का वडा सदस्य ३४ वर्षीय खरजंग गुरुङसहित चार जनालाई पक्राउ गरेको हो।
थाक खानेपानी आयोजनाको पाइप चोरी गरेको आरोपमा उनीहरुलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले असोज ५ गते मध्यराति पक्राउ गरेको हो।
कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले चोरी गरिएको पाइपको मूल्य करिब १४ लाख रुपैयाँ बराबर रहेको जानकारी दिनुभयाे ।
प्रतिक्रिया दिनुहोस्