८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


देशभरकाे माैसमकाे अवस्था आज कस्ताे छ त ?


273
Shares

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ ।

आज (सोमबार) बिहान प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेकाे छ । साथै बाँकी प्रदेशहरूमा भने आंशिक बदली रहेको छ । त्यस्तै, प्रदेश-१ र बाँकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली हुनेभएकाे छ । त्यस्तै, प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र बाँकी प्रदेशहरूका केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ ।

सोमबार राति भने प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, बाँकी प्रदेशमा भने आंशिक बदलीदेखि मौसम सामान्यता सफा हुनेछ । त्यस्तै, प्रदेश-१, मधेश प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।