
काठमाडौं । माल्दिभ्समा जारी साबा महिला बास्केटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पराजित भएको छ ।
माल्दिभ्सको राजधानी मालेमा आइतबार भएको खेलमा नेपाललाई आयोजक टोली माल्दिभ्सले पराजित गरेकाे हो । सदिना श्रेष्ठको कप्तानीमा रहेको नेपाललाई माल्दिभ्सले ५१–४७ ले पराजित गरेकाे छ ।
रोमाञ्चक खेलको अन्तिम २ मिनेटमा माल्दिभ्सले उत्कृष्ट पुनरागमन गर्दै नेपालविरुद्ध जित निकालेको हो । अब नेपालले दोस्रो खेलमा मंगलबार श्रीलंकासँग प्रतिस्पर्धा गर्ने भएकाे छ ।
नेपालले अन्तिम खेलमा बुधबार भुटानसँग खेल्नेछ । प्रतियोगितामा ४ राष्ट्र सहभागी भएका छन् ।
प्रतिक्रिया दिनुहोस्