
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबार नयाँ सडक क्षेत्रमा सवारी प्रवेशमा निषेध गरेको छ ।
बढ्दो सवारी चापलाई ध्यानमा राख्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिउँसोको समयमा नयाँ सडक क्षेत्रमा अत्यावश्यक बाहेकका सवारी प्रवेशमा निषेध गरेको हो । प्रवेश निषेध गरिएका सवारी साधनमा नीजि तथा सार्वजनिक, मालवाहक र दुई पांग्रे समेत रहेका छन् ।
ट्राफिक कार्यालयले असोज १० गते घटस्थापना, १४ गते पञ्चमी, १५ गते षष्ठी र १६ गते फूलपातीका दिन बिहान १० बजेदेखि बेलुकी चाप सामान्य नभएसम्मका लागि प्रवेशमा निषेध गरेको जनाएकाे छ । नयाँ सडकतर्फ जाने सबै किसिमका सवारी साधनलाई खुलामञ्चमा पार्किङको व्यवस्था मिलाइएको पनि ट्राफिक कार्यालयले जनाएको छ ।
महानगरपालिका र ट्राफिक कार्यालय नयाँ सडक क्षेत्रमा दिनभर ४ पाङ्ग्रे सवारी निषेध गर्ने अभ्यासमा लागेका छन् ।
प्रतिक्रिया दिनुहोस्