२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


आफू प्रधानमन्त्रीको दौडमा नरहेको प्रचण्डको दावी


117
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफू प्रधानमन्त्रीको दौडमा नरहेको दावी गर्नुभएको छ ।

चितवनमा सोमबार आयोजित दशैंको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले आफू केही वर्षदेखि नै प्रधानमन्त्रीको रेसमा नरहेको भन्दै पद भन्दा पनि आर्थिक विकास र समृद्धिलाई आफूले प्राथमिकता दिएको जिकीर समेत गर्नुभएकाे हाे ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र संघकाे निर्वाचनसँगै प्रधानमन्त्रीको कुरा समेत आएकाे उहाँले बताउनुभयाे । केही वर्षदेखि प्रधानमन्त्रीको रेसमा आफू नभएकाे उहाँकाे तर्क छ । २०७४ सालमा नै ५ वर्षका लागि प्रधानमन्त्रीको अफर आएको स्मरण गर्दै उहाँले राजनीतिक स्थिरता, आर्थिक विकास र समृद्धिका अघि प्रधानमन्त्री पद मुख्य नभएको दावी गर्नुभयो ।

आगामी निर्वाचनमा कसलाई जिताउने भन्ने कुरा जनताको हातमा रहेकाले चितवनका जनताले अन्यथा निर्णय गरे त्यो पनि मान्य हुने उहाँको भनाइ थियो ।