
एजेन्सी । चलचित्र ‘क्रेजी रिच एशियन्स’मा आफ्नो भूमिकाबाट चर्चित भएकी एसियाली अभिनेत्री कन्टेन्स वुले हालै आफू यौन दुर्व्यवहारको शिकार भएको खुलासा गरेकी छन् ।
उनको यो खुलसाले सबैलाई चकित पारेको छ । आफ्नो पहिलो कमेडी शो ‘फ्रेस अफ द बोट’ गर्दा गर्दै आफूलाई एक निर्माताले यौन दुर्व्यवहार गरेको र धम्कीसमेत दिएको अभिनेत्री वुले आरोप लगाएकी छन् ।
अन्तराष्ट्रिय समाचार माध्यामका अनुसार अभिनेत्रीले वासिङ्टन डीसीमा एट्लान्टिक फेस्टिभलको स्टेजमा उपस्थित हुँदा यस घटनाबारे बताएकी थिइन् । आफ्नो काम गुम्ने डरले यौन उत्पीडन र धम्की आए पनि मुख बन्द गरिरहेकी अभिनेत्री वुले बताइन् ।
अभिनेत्री वु अहिले आफ्नो पुस्तक ‘मेकिंग ए सीन’ को कारण चर्चामा छिन्, । उनले यो पुस्तकको विमोचनका क्रममा सो कुरा गरेकी हुन् । आफूले काम गरेको कमेडी शोको क्रममा आफ्नो अनुभवको बारेमा कुरा गर्दै अभिनेत्री वुले भनिन् ‘मैले यसबारे कुरा गर्न आवश्यक महसुस गरें, यो शो अमेरिकीहरूको लागि ऐतिहासिक थियो र मलाई यो शोमा गर्व छ । त्यसैले मैले आफूलाई परेको दुर्व्यवहार बारे खुलेर कुरा गरेकी हुँ ।’
अभिनेत्री वुले आफूले नयाँ सुररूवात चाहेको र तीतो सम्झना लिएर शो सुरु नगर्ने बताइन् । तर, अभिनेत्री वुले आफूलाई दुर्व्यवहार गर्नेको नाम भने खुलाएकी छैनन् ।
प्रतिक्रिया दिनुहोस्