२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


मध्य रुसको एक विद्यालयमा गोली चल्दा ६ जनाकाे मृत्यु


78
Shares

एजेन्सी । मध्य रुसको इजेभस्क शहरको एक विद्यालयमा गोली चलेको छ । यस गोली प्रहारमा परी छ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २० घाइते भएका आन्तरिक मन्त्रालयले सोमबार जानकारी दिएको छ ।

पीडितहरूको विषयमा हाल विस्तृत विवरण भने प्राप्त नभएको पनि मन्त्रालयले थप जानकारी दिएको छ । गोली चलाउने व्यक्तिको शव अहिले प्रहरीले फेला पारेको बताइएको छ ।

उनले आत्महत्या गरेका जनाइएको छ । उनको घृणित कार्यबाट छ जनाको मृत्यु हुनुको साथै २० जना घाइते भएका मन्त्रालयले टेलिग्राममा जानकारी दिएको छ । यस शहरका गभर्नर अलेक्जेन्डर ब्रेचालोभले मृत्यु हुनेमा बालबालिका रहेको पुष्टि गर्नुभएको छ ।