३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


ज्याकलिन फर्नान्डिजले पाइन् अदालतबाट अन्तरिम जमानत


234
Shares

एजेन्सी । भारतीय अभिनेत्री ज्याकलिन फर्नान्डिजले सुकेश चन्द्रशेखरकाे २ सय करोडको मुद्रा अपचलन मुद्दामा अन्तरिम जमानत पाएकी छिन् ।

ज्याकलिन उक्त मुद्दामा सोमबार पटियाला अदालतमा हाजिर भएकी थिइन् । अदालतले उनलाई ५० हजार भारतीय रुपैयाँको धरौटीमा यो जमानत दिइएको हो ।

अदालतले ज्याकलिनको जमानत रिटमा प्रवर्तन निर्देशनालय (ईडी)सँग जवाफ मागेको छ।

भारतीय सञ्चार माध्यमका अनुसार न्यायाधीश शैलेन्द्र मलिकले उनको जवाफ नआएसम्म उनको नियमित जमानत अदालतमा विचाराधीन रहने बताउनु भएकाे छ। यस मुद्दाको अर्को सुनुवाई अक्टोबर २२ मा हुनेछ।

ज्याकलिनमाथि सुकेशबाट ७ करोड भारतीय रुपैयाँभन्दा बढीको गहना उपहार लिएको आरोप छ ।

हाल जेलमा रहेका सुकेशलाई फोर्टिस हेल्थकेयरका पूर्व प्रवर्द्धक शिवेन्द्र मोहन सिंहकी श्रीमती अदिती सिंह जस्ता धेरै उच्च व्यक्तित्वहरूलाई धोका दिएको आरोप लगाइएको छ।

करोडौँ ठगी गरेको आरोप लागेका सुकेशबाट मूल्यवान उपहार लिएको भन्दै ज्याकलिनविरुद्ध मुद्दा दर्ता भएको थियाे।