
काठमाडौं । रुसको एक विद्यालयमा गोली प्रहार हुँदा १७ जनाको मृत्यु भएको छ ।
साेही घटनामा २४ जना घाइते भएका हुन् । जहेभ्सकी शहरको एक विद्यालयको कक्षा काेठामा प्रवेश गरी पढिरहेका विद्यार्थीहरुमाथि गोली प्रहार गरेका एक ब्यक्तिले अन्तिममा आफैंलाई समेत गोली हानी आत्महत्या गरेका छन् ।
मृत्यु हुनेमा ११ बालबालिका, दुई शिक्षक र दुई विद्यालयका सुरक्षागार्ड रहेका छन् । साेही विद्यालयमा प्रवेश गरेका बन्दुकधारीले सुरूमा गार्डलाई गोली हानेका थिए । गोली प्रहारका क्रममा विद्यार्थीहरुबीच भागदौड मच्चिएको थियो । गोली प्रहार गर्ने ब्यक्ति आर्तेम कजान्तसेफ भएको अनुुसन्धानबाट खुलेको छ ।
यसैबीच रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले घटनालाई आतंकवादी हमलाको संज्ञा दिंदै घटनामा मृत्यु भएकाहरुप्रति समवेदना समेत प्रकट गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्