१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रदेशतर्फको समानुपातिक मतपत्र छपाई सकियो


39
Shares

काठमाडौं । निर्वाचन आयोगले प्रदेश सभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र छपाइको काम सकेको छ ।

आयोग स्रोतका अनुसार दुई करोड एक लाख मतपत्र छपाइको काम सकिएको हो ।

आयोगले अहिले प्रतिनिधि सभातर्फ समानुपातिक मतपत्र छपाइको काम जारी राखेको छ ।

जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा मतपत्र छपाइ गरिएको भईरहेको छ ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि आयोगले करिब चार करोड मतपत्र छपाइ गर्दैछ ।

अहिलेसम्म प्रतिनिधि सभातर्फ करिब ६० लाख ६५ हजार मतपत्र छपाइ गरिसकिएको छ ।

असोज २५ गतेभित्र यो काम सक्नेगरि आयोगले काम गरिरहेको छ । आयोगले यही असोज २३ गते प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयन गर्दैछ ।