२५ चैत्र २०८१, सोमबार | Tue Apr 8 2025


सिन्धुलीमा परम्परागत लोक दोहोरी लोप हुँदै


299
Shares

सिन्धुली । सिन्धुली जिल्लाका विभिन्न मेलापर्वमा युवा-युवती र बुढापाकाहरू सहभागी भएर स्थानीयले गाउने लोक दोहारी दिनदिनै लोपउन्मुख हुँदै जान थालेको छ ।

विगतमा माइस्थान, मैनी, तिलंगे लगाएत विभिन्न जात्रा, मेलापर्वहरूमा गाइने लोक दोहोरीहरू माेडिफाइ हुनाले दिनदिनै लोप हुँदै गइरहेको छ ।

कमलामाईस्थानमा लाग्ने माघे संक्रान्ति मेला, तिनपाटन क्षेत्रको तिलंगे जात्रा र दुधौली, कटारीको बीचमा पर्ने एक महिने मैनी मेलामा स्थानीय बुढापाका पुरुष महिलाहरूले एकल तथा जोडी भएर तामाङ, मगर र खस भाषामा नेपाली लोक कला सस्कृति अनुसार लोक दोहोरी गाएर सस्कृति संरक्षण गर्ने प्रचलन थियो ।

लोक दोहोरी गाउनेहरूले जात्रा मेलापर्वहरूमा स्नेहका साथ सँगै बसेर मानव जीवन, सामाजिक तथा सास्कृतिक विषयमा विभिन्न भाका हालेर लय मिलाएर वाद विवादबिनै दोहोरी खेल्ने गाउने प्रचलन थियो ।

लोक दोहोरी गाउनेहरूले दुई दिनदेखि चार दिनसम्म लगातार गाउने र यसरी गाइएको लोक दोहोरीमा हार जित समेत हुने प्रचलन रहको स्थानीय बुढापाकाहरू बताउछन् ।

पछिल्लो समयमा प्रविधिको विकास र पाश्चिमा सस्कृतिले समाजमा प्रत्यक्ष असर पारेको अवस्थामा जात्रा मेला पर्वहरूमा गाइने लोक दोहोरी भने हराउँदै जान थालेका छन् ।