
काठमाडाैं । मुलुकभर देखिएको डेंगुकाे प्रकोपले महामारीको रुप लिन थालकाे छ।
साेही क्रममा साढे २ महिनामा २५ हजार ५ सय ४३ जनामा डेंगुको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । तीमध्ये ३२ जनाले ज्यान गुमाएका छन्।
यो संख्या पछिल्लो १८ वर्ष यताकै उच्च हो । डेंगुबाट ज्यान जाने क्रम पनि जारी छ । मन्त्रालयका अनुसार सबैभन्दा धेरै डेंगु सक्रमण बागमती प्रदेशमा देखिएको छ।
बागमती प्रदेशमा मात्रै १९ हजार ९ सय १० (कूल संक्रमितको झन्डै ७८ प्रतिशत) जनामा संक्रमण देखिएको छ।
बागमतीपछि लुम्बिनी प्रदेशमा डेंगीका संक्रमित धेरै छन्। लुम्बिनी प्रदेशमा २ हजार ८८७, सुदूरपश्चिममा ८०४, प्रदेश १ मा ७७५, गण्डकीमा ५५६, मधेशमा ३८० र कर्णालीमा २३१ जनामा डेंगु संक्रमण देखिएकाे छ ।
हालसम्म देशभरका ७६ जिल्लामा डेंगु संक्रमण फैलिएकाले यसलाई ‘प्रकोप’ घोषणा गर्ने तयारी गरेको छ ।
नेपालमा वि.सं.२०६१ सालमा पहिलो पटक एक जनामा डेंगु संक्रमण देखिएको थियो । त्यस यता वार्षिक बढ्दै सन् २०१९ मा १७ हजार ९ सय ९२ जनामा डेंगु संक्रमण देखिएको थियो । त्यतिबेला ६८ जिल्लामा डेंगु फैलिएको थियो भने ५ जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्