
काठमाडौं । अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनीत चलचित्र ‘तिम्रो मेरो साथ’को रिलिज मिति सार्वजनिक भएको छ ।
चलचित्रका निर्माता तथा निर्देशक रमेश एम. के पौडेलले चलचित्रको को रिलिज मिति सार्वजनिक गरेका हुन् । उनले आगामी पुष २९ गतेका लागि चलचित्रको रिलिज मिति तोकेका हुन् । प्रेम कथामा निर्माण भएको यस चलचित्रमा साम्राज्ञीको जोडी पुष्पसँग बाँधिएको छ ।
चलचित्रमा पुष्प र साम्राज्ञीको अलावा सन्दीप क्षेत्री, सरोज खनाल, खड्क बहादुर पुनलगायतका कलाकारहरूको अभिनय रहेको छ। आर्यन फिल्मस् र बोधी एचडीको ब्यानरको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रमा पासाङ् लामा निर्माता, सबिर श्रेष्ठ कार्यकारी निर्माता र सह(निर्मातामा निरू भण्डारी, अशोक पोख्रेल, सुमन पौडेल, सुधिर पराजुली छन् ।
चलचित्रमा सबिर श्रेष्ठ र बाबुराम निरौलाको लेखन रहेको छ भने सुवास भुषाल र योगेश काजीको संगीत रहेको छ ।
प्रतिक्रिया दिनुहोस्