१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अन्जनको ह्याट्रिकमा नेपालको जित


3.302k
Shares

काठमाडौं । अन्जन विष्टले पहिलो हाफमै ह्याट्रिक पूरा गरेपछि नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशलाई हराएको छ।

नेपालले घरेलु मैदानमा बंगलादेशलाई ३–१ ले पराजित गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा नेपालले पहिलो हाफमा ३–० को अग्रता लिदा दोस्रो हाफमा एक गोल खाएको थियो ।

नेपालका लागि अन्जन विष्टले ह्याट्रिक पूरा गर्दा बंगलादेशका सजजाद हुसेनले एक गोल फर्काएका थिए ।