१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सत्ता गठबन्धनको बैठक केही बेरमा बस्दै


208
Shares

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनका शिर्ष नेताहरुसहित कार्यदलको बैठक आज बुधबार बस्दैछ ।

बुधबारको बैठकले सिट बाँडफाँटको सम्पूर्ण विषय टुंग्याउने नेताहरुको दावी छ ।

बिहान ८ बजे बस्ने बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको क्षेत्रसहित सिट बाँडफाँट टुंग्याउने कोशिस गर्नेछ ।

यसअघि मंगलबार बालुवाटारमा बसेको कार्यदलको बैठकले प्रदेशसभामा सिट बाँडफाँटको मापदण्ड बनाएको थियो ।

बैठकले प्रदेशसभामा सिट बाँडफाँटका लागि दुईवटा मापदण्ड तय गरेको छ ।

२०७४ सालमा जितेको क्षेत्रमा सोही दलले लिने र त्यतिबेलाको समानुपातिक सिटलाई आधार बनाउने सहमति भएको नेताहरुले बताएका छन् ।