
काठमाडौं । अफ्रिकी मुलुक युगान्डामा इबोला संक्रमण तीव्र रुपमा फैलिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ ।
इबोलका कारण ३६ जनामा संक्रमण पुष्टि हुँदा ५ जनाको मृत्यु भएको हो । इबोलका कारण २ दिनमा ५ जनाको मृत्यु भएको छ । मध्ये युगान्डाका ३ वटा जिल्लामा संक्रमण दर संक्रमण रुपमा बढिरहेकाले सावधानी नअपनाए यसले बिकराल रुप लिने डब्ल्यूएचओले जनाएको छ ।
युगान्डामा सन् २०१२ पछि पहिलो पटक इबोलाको प्रकोप फेरी बढेको डब्ल्यूएचओको भनाइ छ । यता युगान्डाका सर्वसाधारणले भने आफूहरूलाई सुरक्षित सामग्री उपलब्ध नगराएको भन्दै मुबेन्डे अस्पतालका कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।
आफूहरुलाई सुरक्षित रुपमा किट उपलब्ध नगराएको भन्दै दर्जनौं चिकित्सकहरुले अस्पतालमा सेवा दिन समेत अस्वीकार गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्