१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


चलचित्र ‘मिलन’को गीतमा टिकटक बनाउँदा आकर्षक नगद पुरस्कार


559
Shares

काठमाडौं । चलचित्र ‘मिलन’को नयाँ गीत ‘तिम्रो इसारा काफी छ’ सार्वजनिक भएको छ ।

सार्वजनिक उक्त गीतको क्लिप टिकटकमा अपलोड गर्नेहरूलाई भ्युजको आधारमा उत्कृष्ट ५ छनोट गरेर क्रमशः २५ हजार, १५ हजार, १० हजार र ५ हजार प्रदान गर्न लागेको चलचित्र निर्माण टिमले बताएको छ । साथै, उक्त गीतमा टिकटक बनाउनेमध्ये उत्कृष्ट एकले १० हजार पुरस्कार पनि प्राप्त गर्नेछन् ।

टिकटक बनाउनेहरूको भ्युजको आधार नभएर क्रिएटिभको आधारमा टिकटकलाई स्थान दिइने छ । निर्माण टिमले छनोटमा परेका १० टिकटकमध्ये पहिलोलाई १० हजार र क्रमशः ९, ८, ७, ६, ५ गर्दै १ हजारसम्म दिने छ । असोज १० गतेदेखि असोज २० गतेसम्म आफ्नो टिकटक भिडियो फिल्मको फेसबुक पेजमा पठाउनुपर्नेछ ।

कात्तिक १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको उक्त गीत राजु सेन्चुरीको शब्द रचना तथा संगीत रहेको छ भने प्रविशा अधिकारी र कौशलराज खड्काको स्वर रहेको छ ।

चलचित्रमा कुशल शाह, शिल्पा थापा, सलोन बस्नेत, शिशिर बांग्देल, सुमिन गुरुङ, जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापा मगरलगायतको पनि अभिनय रहेको छ ।

चलचित्रको निर्देशन र कथा लेखन टेक पौरखी राईले गरेका हुन् ।