
सुनसरी । सुनसरीको देवानगन्ज गाउपालुकामा चट्याङ लागेर दुइजनाको मृत्यु भएको छ । वर्षासँगै बुधबार परेको चट्याङ लागेर एक महिला र एक पुरुषको ज्यान गएको हो ।
चट्याङ लागेर देवानगन्ज गाउँपालिका -१ की ४५ वर्षीया रितादेवी यादव र वडा नम्बर-६ का उदिप चन्द्र यादवको मृत्यु भएको सुनसरीका प्रहरी प्रमुख एसपी प्रभु प्रसाद ढकालले जानकारी दिनुभयाे ।
उहाँले मृतकको शव पासमार्टम लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको बताउनुभयाे ।
प्रतिक्रिया दिनुहोस्