
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले पार्टी सभापति तथा प्रधानमन्त्री देउवालाई समानुपातिक सिट पत्नी र परिवारलाई दिने अंश नभएकोभन्दै चिठी बुझाउनुभएकाे छ ।
देउवालाई उहाँले लेखेकाे पत्रमा समानुपातिकतर्फ अंश, वंश र अर्थप्रेरित उम्मेदवारलाई राख्दा प्रत्यक्षतर्फका उम्मेदवारसमेत समस्यामा पर्ने उल्लेख छ ।
समानुपातिक सूची आरक्षित सिट भएको र आरक्षण पाउन लायक जाति, समुदाय, क्षेत्र तथा व्यक्तिहरुलाई समानुपातिक उम्मेदवारका रुपमा प्रस्ताव गरिनुपर्ने उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्