१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


कांग्रेस, एमाले र मा‍‍‌ओवादीसहितका दलहरुविरुद्ध निर्वाचन आयोगमा उजुरी


1.131k
Shares

काठमाडौं । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीसहितका राजनीतिक दलहरुविरुद्ध निर्वाचन आयोगमा उजुरी परेकाे छ ।
समानुपातिक पद्धतिमा दलहरुले अपाङ्ता भएका व्यक्तिलाई उम्मेदवार नबनाएको भन्दै निर्वाचन आयोगमा उजुरी परेको हाे ।

काठमाडौं महानगरपालिका–१२ का मदन तिवारीले अपाङ्गता भएका व्यक्तिलाई समानुपातिकको बन्द सूचीमा समावेश गर्नुपर्ने संविधानको व्यवस्था भए पनि दलहरुले पालना नगरेको भन्दै उजुरी दिनुभएकाे हाे ।

संविधान र ऐनहरु समेत दलहरुले उल्लंघन गरेको उजुरीमा उल्लेख गरेका छ । अपाङ्ता भएका व्यक्ति समावेश नगरिएको बन्दसूचीलाई सच्याउन सूचित गर्न समेत आयोगलाई उहाँले आग्रह गर्नुभएकाे छ।