
काठमाडौं । सत्ता गठबन्धन दलहरूले प्रतिनिधि सभातर्फको १ सय ६० सिटमा सहमति जुटाएका छन् ।
सहमति अनुसार जसपा १५ सिट, एकीकृत समाजवादी १७, माओवादी केन्द्रले ४४ सिट पाउने निश्चिित छ । कांग्रेसले ८५ सिट लिएको छ । राष्ट्रिय जनमोर्चाको भागमा बाग्लुङ १ र प्युठान समेत दुई क्षेत्र परेको छ ।
बुधबार बेलुका अबेरसम्म बसेको ११ सदस्यीय कार्यदल बैठकले सो सहमति जुटाएको हो ।
अब प्रदेश १ को खोटाङ, बागमती प्रदेशका धादिङ–१, मधेस प्रदेशको बारा ४, नवलपरासी पश्चिम, सल्यान र रुपन्देही १ कसले लिने भन्ने निर्णय हुन बाँकी रहेको नेताहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्