
धादिङ । नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष एवं बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे तथा नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र प्रसाद पाण्डेलाई मातृशोक परेको छ ।
उहाँहरूका आमा मनमाया पाण्डेको ८७ वर्षको उमेरमा आज बिहीबार बिहान निधन भएको हो ।
मुख्यमन्त्री राजेन्द्र र सुरेन्द्र दाजु भाइ हुनुहुन्छ ।
मनमाया ५ छोरामध्ये कान्छा छोरा दीपेन्द्र पाण्डेसँग सितापाइलामा बस्दै आउनु भएको थियो ।
उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्