३ बैशाख २०८२, बुधबार | Thu Apr 17 2025


शेखर कोइराला समूहले आयोजना गरे चियापान, समानुपातिक सूचि सच्याउन कांग्रेस नेताहरु छलफलमा


754
Shares

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनईतर समूहले आज बिहीबार राजधानीमा चियापान कार्यक्रम गरेको छ ।

समानुपातिक सूचि सच्याउन संस्थापनलाई दबाव दिईरहेको नेता शेखर कोइराला पक्षले बत्तिसपुतलीस्थित एउटा फूडल्याण्डमा चियापान आयोजना गरेको हो ।

कार्यक्रममा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन कुमार थापा, सहमहामन्त्री बद्री पाण्डे, नेता मिनेन्द्र रिजाललगायतको उपस्थिति रहेको छ ।

कार्यक्रममा औपचारिक भाषणको कार्यक्रम भने भएन ।

कांग्रेसले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा शेखर समूहको असन्तुष्टि छ ।

प्रत्यक्षमा पनि कम्तीमा ४० प्रतिशत सिटको बटम लाइनसहित संस्थापन पक्षलाई दबाब दिँदै आएको छ । कोइराला समूहले बुधबार केन्द्रीय कार्यालय सानेपामा धर्ना समेत दिएको थियो ।

यसैबीच, समानुपातिकतर्फको बन्दसूचि सच्याउन कांग्रेस नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरिरहेका छन् । संस्थापन इतर पक्षका नेताहरु पनि बत्तिसपुतिलीको चियापान कार्यक्रमबाट बालुवाटार आई छलफलमा जुटेका छन् ।