१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पाँचथरमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु


65
Shares

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–४ स्थित सालघारीमा आज बिहीबार मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका कुम्मायक गाउँपालिका–३ रानीगाउँका २४ वर्षीय भीमबहादुर माझीको उपचारका क्रममा जिल्ला अस्पताल फिदिममा मृत्यु भएको हो ।

दुर्घटनामा उनकी श्रीमती २० वर्षीया सुस्मिता माझी घाइते भएकी छन् । उनको जिल्ला अस्पताल पाँचथरमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

फिदिम नगरपालिका–४ माझीटारबाट कुम्मायकतर्फ जाँदै गरेको को ४ प ८९९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।