२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


हलिउड अभिनेता रोबर्टको निधन


13.065k
Shares

एजेन्सी । हलिउड अभिनेता रोबर्ट कोर्मियरको ३३ वर्षको उमेरमा निधन भएको छ ।

कोर्मियरको एक दुःखद दुर्घटनामा परी निधन भएको हो । उनको निधन भएको कुरालाई पारिवारिक स्रोतले पुष्टि गरेकाे अन्तर्राष्टिय सञ्चारमाध्यम जनाएका छन् ।

कोर्मियरले आफ्नो फिल्म करियरमा अतिथिको रूपमा धेरै काम गरे। यसबाहेक सन् २०२१ मा उनी क्यानडाको सिरिज ‘हार्टल्याण्ड’मा पनि देखा परेका थिए ।

जसबाट उनी निकै चर्चित रहेका थिए । अभिनयमा करियर बनाउनु अघि उनले टोरन्टोको योर्क विश्वविद्यालयबाट शिक्षा हासिल गरेका थिए।

उनी अरूलाई मद्दत गर्ने स्वभावका व्यक्ति थिए । उनले आफ्नो जीवनभर धेरै मानिसहरूलाई प्रभावित गरेका थिए । परिवार र साथीहरूका लागि उनी प्रिय थिए । कोर्मियरको परिवारमा आमाबुवा, तीन बहिनी र हजुरआमा छन् । उनको गत आइतबार दाहसंस्कार गरिएको थियो ।