२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025

बालेनले भने – चाडपर्वको नाममा फुटपाथमा व्यापार गरे कारवाही हुन्छ


1.456k
Shares

काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले चाडपर्वको नाममा फुटपाथमा व्यापारमा लचिलो हुन नसकिने प्रष्ट पार्नुभएको छ ।

सामाजिक सञ्जाल मार्फत विज्ञप्ति जारी गर्दै मेयर शाहले काठमाडौं महानगरपालिका फुटपाथ पैदल यात्रीको हो भन्ने यथार्थ स्थापित गराउन लागिपरेकाले पर्वका नाममा लचिलो नहुने बताउनु भएको हो ।

शहरको विकास, सुधार र समृद्धिका लागि कानुन प्रदत्त अधिकार कार्यान्वयन गरेर नागरिक जीवनमा सुधारको महसुस गराउन प्रतिवद्ध रहेको भन्दै उहाँले नीतिगत सुधारबाट पछि नहट्ने बताउनु भएको छ ।

पैदलयात्रीको आवागमनलाई सहज बनाउन फुटपाथको उपयोग सहज र सरल हुनुपर्ने भन्दै मेयर शाहले फुटपाथमा मानव आवतजावत बाहेकका सबै क्रियाकलापलाई निषेध गरिने प्रष्ट पार्नुभएको छ ।

सडक व्यापारले पैदल यात्रीलाई बाधा गरेको कुरा सवैले महसुस गरेको विषय हो भन्दै उहाँले फुटपाथमा निर्वाध हिँड्न पाउने अधिकार स्थापित गराउने बताउनु भएको छ ।