१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


‘मुख्यमन्त्री र अर्थमन्त्री एउटै दलको नहुँदा पश्चाताप’


923
Shares

गण्डकी । गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री बिन्दुकुमार थापाले गठबन्धन सरकारमा मुख्यमन्त्री र अर्थमन्त्री एउटै दलको नहुँदा पश्चाताप भएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन कास्कीले आज गरेको पत्रकार सम्मेलनमा मन्त्री थापाले मुख्यमन्त्री र अर्थमन्त्रीबीच बजेट निर्माणमा कुरा नमिल्दा सोचे अनुरुप काम हुन नसकेको बताउनुभयो ।

उहाँले बजेट निर्माणका क्रममा आफुले कुनै भूमिका नपाएको र आफ्नो मन्त्रालयले समेत पाइआएको बजेट कटौती भएको गुनासो गर्नुभयो । पार्टीले टिकट दिए फेरि पनि कास्की क्षेत्र नम्बर २ बाटै चुनाव लड्ने मन्त्री थापाले इच्छा व्यक्त गर्नुभयो ।