
काठमाडौं । राष्ट्रिय खेलकुदको ट्रफी बिहीबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरिएको छ ।
नवौं राष्ट्रिय खेलकुदको अवसर पारेर भईरहेको ट्रफी टूर अन्तर्गत मधेश प्रदेशको पवित्र धार्मिक स्थल जानकी मन्दिर परिसरमा ट्रफी प्रदर्शन गरिएको हो ।
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र मधेश प्रदेशका महिला बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहलगायतको उपस्थितिमा ट्रफी प्रदर्शन गरिएको थियो ।
यसैबीच, गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको समापन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का संरक्षक समेत रहनुभएका प्रधानमन्त्रीलाई बिहीबार नवौं राष्ट्रिय खेलकुदको समापन कार्यक्रमका लागि निमन्त्रणा पत्र प्रदान गरिएको छ ।
राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले प्रधानमन्त्री देउवालाई कात्तिक ३ गते पोखरा रंगशालामा हुने समापन कार्यक्रमको प्रमुख अतिथिका लािग निमन्त्रणा पत्र प्रदान गर्नुभएको हो । सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ पनि उपस्थिति हुनुहुन्थ्यो ।
नवौं राष्ट्रिय खेलकुदको समुद्घाटन कार्यक्रमको प्रमुख अतिथिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई यसअघि नैं निमन्त्रणा पत्र प्रदान गरी सकिएको छ ।
प्रतिक्रिया दिनुहोस्