
फाइल तस्विर
काठमाडौं । खोटाङको दिक्तेलमा बिहीबार रातिको वर्षाले एउटा घर भत्किएको छ भने जिल्लाका विभिन्न स्थानमा बाटो अवरुद्ध भएको छ ।
रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका कुलबहादुर बस्नेतको तीनतले घर बिहीबार रातिको वर्षाले भत्किएको हो ।
घर भत्किएपछि बस्नेत परिवार आफन्तकहाँ आश्रय लिएर बसेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
वर्षाले दिक्तेलकै ढोडे पुछारका नइन्द्र राईको घर पनि क्षतिग्रस्त बनेको छ ।
भारी वर्षाले जिल्लाका विभिन्न स्थानमा पहिरो गएको छ भने सबै ग्रामिण सडक अवरुद्ध भएका छन् । पहिरोमा परी केही स्थानीयका पशु पनि मरेको जनाइएको छ । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्