
फाइल तस्वीर
काठमाडौं । काठमाडौंको गोठाटारमा गोली हानेर लाल मोहम्मदको हत्या गरिएको घटनामा संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीको उच्च स्रोतले सो घटनामा संलग्न तीन जना पक्राउ परेको पुष्टि गरेको हो । त्यसबारे जानकारी दिन प्रहरीले पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ ।
गोठाटारमा असोज ४ मा लाल मोहम्मदलाई गोली हान्ने सुटर सहित ३ जनालाई पक्राउ गरिएको थियो ।
अज्ञात समूहको गोलीबाट मारिएका मोहम्मदको घटनाबारे छानबिन गर्न प्रहरी प्रधान कार्यालयले विशेष समिति बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्