
web pic
काठमाडौं । सल्यानमा दर्शनार्थी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।
सल्यानको खैराबाङ मन्दिरतर्फ दर्शन गर्न जाँदै गरेको रा १ ज ५९८ नम्बरको जीप शनिबार बिहान कुमाख गाउँपालिका–७ जिमालीमा दुर्घटनामा भएको हो ।
दुर्घटनामा जिल्लाको कुमाख गाउँपालिका–७ डुमकोटका ३९ वर्षीय मानबहादुर पुन र सोही ठाउँकी १४ वर्षीया एनका पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएकाहरूलाई उपचारका लागि सल्यान जिल्ला अस्पताल लगिएको छ ।
जीप उकालो सडकमा ब्याक गर्ने क्रममा पल्टिएर १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
गत बुधवारमात्रै सल्यानकै कपुरकोटमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्