
काठमाडौं । देशको संघीय राजधानीका सपिङ सेन्टर आजकल रङ्गिन छन् । दशैं, तिहार र छठलगायत पर्वहरु नजिकिएसँगै बजार झिलिमिलि बनेको हो । शहरका ठूला सपिङ मलमा चङ्गै चङ्गा टाँगिएको छ । बजारमा डमी पिड, लटाईले सझिइएको छ ।
साँझपख सडकमा घुम्दा दिपावलीको झल्को दिनेगरि बजारमा झिलिमिलि बत्ती बालिएको छ । आकर्षक बनाएर प्रतिष्पर्धात्मक बनाइएको बजारमा आगन्तुकको आकर्षण बढ्दो छ ।
लगातार चाडपर्वहरु आउने र यो बेला व्यापार बढ्ने हुँदा व्यापारीहरु आफ्नो व्यावसाय प्रतिष्ठानलाई सझाएका हुन् ।
दशैं लागेसँगै काठमाडौंका विभिन्न ठाउँका बजारहरु सजिसझाउ देख्न सकिन्छ । काठमाडौं उपत्यकाका बजार क्षेत्रका जुनसुकै गल्लीमा दशैंका लागि सामग्री किन्ने सर्वसाधारणको घुइँचो बढेको छ ।
उपत्यकाबाट दशैं मनाउन गाउँघर फर्किनेहरू र उपत्यकामै दशैं मनाउनेहरू एकैपटक बजारमा पुग्दा चाप बढेको हो । अर्कातिर यही बेला विदेशबाट दशैं मनाउन आउनेहरू पनि छन् ।
नियमित रूपमा सञ्चालन भइरहेको सपिङ सेन्टर, कपडा होलसेल पसल तथा विभिन्न रूपमा दशैं पर्वका लागि सजिएका पसललाई केही दिनदेखि चटारो परेको छ ।












तस्बिर न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्