
काठमाडौं । जिल्ला प्रशासन कार्यालय गोरखाले इजाजत प्राप्त हातहतियार बुझाउन निर्देशन दिएको छ ।
प्रशासन कार्यालयले कात्तिक ५ गतेभित्र साेही हातहतियार बुझाइ सक्न निर्देशन दिएको हो । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताउनुभयो ।
जिल्ला भित्रका सम्पूर्ण हातहतियार धनीहरुलाई नजिकको प्रहरी इलाकामा लगत राखि निर्वाचन पश्चात फिर्ता हुने गरी हतियार बुझाउन प्रशासनले निर्देशन दिएको हो ।
प्रतिक्रिया दिनुहोस्