१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


कञ्चनपुरको गड्डा चौकी नाकामा कडाई


91
Shares

काठमाडौं । चाडबाड नजिकिएसँगै भारतबाट नेपाल फर्किनेको नाकामा घुइँचो लाग्न थालेको छ ।

रोजगारीका लागि भारतमा गएका नेपाली चाडपर्वका बेला घर फर्किन थालेपछि गड्डाचौकी नाकामा भीड लागेको हो । एक साता यता कञ्चनपुरको गड्डाचौकी नाकाबाट पन्ध्र हजारभन्दा बढी नागरिक स्वदेश फर्किएका छन् ।

जिल्ला प्रहरी कार्यालयले एक दिनमा मात्रै एक हजारभन्दा बढी नागरिक भारतबाट नेपाल फर्कने गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयले नाकामा भारतबाट आउने नेपालीको दैनिकजसो भीड लागेको बताएको छ ।

नाकामा आवतजावतको भीडभाड बढेपछि सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाएको पनि हो । चाडबाडले गर्दा भारत जानेभन्दा नेपाल आउनेको भिड बढेको हो । भारतबाट घर फर्किनेको चाप बढेपछि प्रहरीले आपराधिक गतिविधि न्यूनीकरणका लागि नाकामा तालीम प्राप्त कुकुर पनि परिचालन गरेको छ । चाडपर्व सुरक्षा योजनाअन्तर्गत नाकामा तालिम प्राप्त कुकुरसहितको सुरक्षा टोली परिचालन गरीएको हो ।

भारतबाट आउनेमा विभिन्न रोग संक्रमणको जोखिम रहेकाले नाकामै जाँचको व्यवस्था मिलाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।