१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पोर्नोग्राफी मुद्दामा जबरजस्ती फसाइएको राज कुन्द्राको दाबी


104
Shares

एजेन्सी । भारतीय अभिनेत्री शिल्पा शेट्टीको पति तथा उद्योपति राज कुन्द्राले सीबीआईलाई पत्र लेख्दै आफू निर्दोष भएको र पोर्नोग्राफी मुद्दामा जबरजस्ती फसाइएको दाबी गरेका छन् ।

कुन्द्रा गत वर्ष सन् २०२१ मा पोर्नोग्राफी मुद्दामा जेल परेका थिए । दुई महिनाभन्दा बढी समयपछि रिहा भएका उनले एक वर्षपछि यो मुद्दामा आफ्नो पक्षमा खुला बयान दिएका छन् । उनले यस मामिलामा सीबीआईलाई पत्र लेखेर आफू निर्दोष भएको र आफूलाई जबरजस्ती यस मुद्दामा फसाइएको दाबी गरेका छन् । राज कुन्द्राले आफूलाई फसाउनमा एक ठूला व्यापारी र मुम्बई प्रहरीका केही अधिकारी संलग्न रहेको दाबी गरेका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार कुन्द्राले आफ्नो चिठ्ठीमा व्यापारीको नाम नलेखेका तर, धेरै प्रहरी अधिकारीको नाम लेखेका छन् । चार हजार पृष्ठको आरोपपत्रमा आफ्नो नाम नआए पनि प्रहरीले आफूलाई बदनाम गर्ने प्रयास गरेको र साक्षीलाई आफूविरुद्ध बयान दिन दबाब दिएको उनले लेखेका छन् । उनीविरुद्ध षड्यन्त्र गर्नेहरुको प्रहरीसँग राम्रो सम्बन्ध रहेको बताएका छन् ।

कुन्द्राले चिठ्ठीमा लेखेका छन्, ‘म एक वर्षसम्म मौन थिए । मैले आर्थर रोड जेलमा ६३ दिन बिताए । म अदालतबाट न्याय चाहन्छु । म यी सबै प्रहरी अधिकारीहरू विरुद्ध छानबिन गर्न अनुरोध गर्दछु ।’