१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


यू–१७ फुटबल टोलीकाे बिदाइ


195
Shares

काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले भियतनाम जाने यू–१७ फुटबल टोलीलाई बिदाइ गरेको छ । एन्फाले आज एएफसी यू–१७ एसियन कप छनोटका लागि भियतनाम जाने टोलीलाई बिदाइ गएको हो ।

समूह एफमा नेपालसँगै थाइल्याण्ड, भियतनाम र चाइनिज ताइपेई छन् । नेपालले प्रतियोगिताको पहिलो खेलमा बुधबार थाइल्याण्डको सामना गर्नेछ। मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले नेपाली टोलीको घोषणा गरिसकेका छन् ।

एन्फाका उपाध्यक्ष वीरबहादुर खड्का र सदस्य रुपेश अधिकारीले खेलाडीलाई बिदाइ गरेका हुन् । नेपाली टोली भोलि त्यसतर्फ प्रस्थान गर्ने छन् ।