
काठमाडाैं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि सिट बाँडफाँटमा असन्तुष्ट सत्तारुढ पाँच दलीय गठबन्धनको एक घटक जनता समाजवादी पार्टी (जसपा) ले गठबन्धन बाहिरका दलसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ ।
शनिबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले गठबन्धनमा सिट बाँडफाँटबारे भइरहेको छलफल पार्टीका लागि सन्तोषजनक नभएको निष्कर्ष निकाल्दै अन्य दलसँग पनि चुनावी तालमेल गर्न ढोका खोलेको हो ।
पार्टी प्रवक्ता मनिष सुमनद्वारा जारी विज्ञप्तिमा सम्भव भएसम्म विकल्पका रुपमा अन्य राजनीतिक दलहरुसँग निर्वाचनमा सिटको तालेमल गर्न सकिने उल्लेख छ । यदि कुनै दलसँग तालमेल हुन नसके जसपा नेपाल एक्लै चुनावमा जाने निर्णय भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्