
काठमाडौंः पूर्वराजा ज्ञानेन्द्र शाहले यसपटकको दशैंमा पनि सर्वसाधारणलाई टिका नलगाइदिनु हुने भएको छ ।
डेंगु रोगको महामारी फैलिरहेका बेला शाहले सर्वसाधारणलाई टिका नदिनु हुने निर्णय लिनु भएको उहाँका संवाद सचिव फणी पाठकले सामाजिक सञ्जालमार्फत जानकारी दिनु भएको हो ।
जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली जनजीवन स्वास्थ्यका कारण आक्रान्त भइरहेको विषम परिस्थितिलाई ध्यानमा राखेर शाहले यसपालि शक्तिपिठको दर्शन नगर्ने तर निवासबाट भक्तिभाव राख्ने तथा सार्वजनिक टिका कार्यक्रम नगर्ने भएको छ ।’

प्रतिक्रिया दिनुहोस्