
web pic
काठमाडौं। मकवानपुरमा आइतबार राति भएको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् ।
काठमाडौंबाट झापाको दमकका लागि छुटेको ना ७ ख २०३२ नम्बरको बस पूर्व-पश्चिमराजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा–१५ चुरीयामाई मन्दिर नजिक दुर्घटनामा परेको हो ।
दुर्घटनामा मृत्यु हुने झापाको दमक–५ का ६० वर्षीय दिल्लीबहादुर दर्जी र मोरङको बेलबारी–८ काअन्दाजी ५१ वर्षीय कल्पना राजबंशी रहेका छन् ।
दुर्घटनामा घाइते भएकामध्ये केही हेटौंडा अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई थप उपचारका लागि चितवन र काठमाडौं रेफर गरिएको छ ।
प्रहरीका अनुसार घाइतेमध्ये पाँच जनाको अवस्था गम्भिर छ ।
प्रतिक्रिया दिनुहोस्