
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दशैंको अवसरमा विशिष्ट व्यक्तिका साथै सर्वसाधारणलाई विजया दशमीको दिन भोलि बुधबार टीका र प्रसाद प्रदान गर्नुहुनेछ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार यहि असोज १९ गते बुधबार विजया दशमीका दिन राष्ट्रपतिबाट टीका तथा प्रसाद प्रदान गर्ने कार्यक्रम छ ।
राष्ट्रपति कार्यालयले तयार गरेको कार्यतालिका अनुसार उहाँले व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाका प्रमुख, मन्त्रीगण, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्ट व्यक्तिलाई दिउँसो २ बजेदेखि ३ बजेसम्म टीका लगाइदिने हुनुभएको छ ।
दिउँसो ३ देखि ५ बजे इच्छुक सर्वसाधारणले राष्ट्रपतिबाट दशैंको टीका लगाउन सक्ने छन् ।
टीका ग्रहण गर्नका लागि राष्ट्रपति कार्यालयले मर्यादित पोसाकमा उपस्थित हुनसमेत अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्