१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ब्राजिलमा नयाँ राष्ट्रपति चयनका लागि अक्टोवर ३० मा दोस्रो चरणको मतदान हुने


52
Shares

काठमाडौं । ब्राजिलमा नयाँ राष्ट्रपति चयनका लागि दोस्रो चरणको मतदान हुने भएको छ । गत आइतबार सम्पन्न पहिलो चरणको चुनावमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त नगरेपछि दोस्रो चरणमा मतदान हुने भएको ब्राजिलका निर्वाचन आयोगले जनाएको छ ।

ब्राजिलका वर्तमान राष्ट्रपति जायर बोल्सोनारोले अपेक्षा गरिए भन्दा राम्रो मत ल्याएपछि पहिलो चरणमै जित हासिल गर्न वामपन्थी नेता लुइज इनासिओ लुला डा सिल्भाको लक्ष्य पूरा भएन ।

९५ प्रतिशत मत गणना हुँदा पूर्वराष्ट्रपति लुलाले ४७.६ प्रतिशत मतसहित अग्रता लिनुभएको छ भने वर्तमान राष्ट्रपति बोल्सोनारोले ४३.९ प्रतिशत मत हासिल गर्नुभयो ।

अधिकांश मत सर्वेक्षणहरूले लुलालाई बोल्सोनारो भन्दा १० देखि १५ प्रतिशत मत अघि देखाएता पनि जित हासिल गर्न भने सक्नु भएन । दोस्रो चरणको मतदान अक्टोवर ३० मा हुनेछ ।