२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सामाजिक सुरक्षा भत्ता रोकिँदा राउटेको दशैं खल्लो


130
Shares

काठमाडौं । सुर्खेतका राउटेको दशैं यसपाली खल्लो भएको छ । तीन महिनादेखि सामाजिक सुरक्षा भत्ता नपाउँदा उनीहरूको यसपटकको दशैं खल्लो भएको हो ।

साउन यता राउटेले सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन् । दशैंको समयमासमेत भत्ता नपाउँदा यस पटक उनीहरूलाई चाडपर्व मनाउन समस्या भएको हो ।

दशैंका लागि राउटे बस्ती सिंगारिए पनि यो वर्ष भत्ता नआउँदा सोचेजस्तो दशैं नभएको राउटे मुखिया सूर्यनारायण शाहीको गुनासो छ ।

दैलेखको भगवतीमाई गाउँपालिका वेस्तडामा रहेका राउटे समुदायले पनि भत्ता नपाउँदा दशैं खल्लो भएको दुखेसो पोखेका छन् ।

भत्ता नपाएपछि खासै दशैंका लागि आवश्यक पर्ने सामग्रीको अभाव छ । यो वर्ष अभावै अभावमा दशैं मनाउनु परेको उनीहरूको गुनासो छ ।

दशैंको मुखमा राउटेका ४० परिवारका १ सय ४४ जनाको भत्ता रोकिएको हो ।

पाँच वर्षदेखि राउटेका लागि दैलेखको गुराँस गाउँपालिकाले भत्ता वितरण गर्दै आएको थियो । तर, असोजमा पाउनुपर्ने भत्ता नपाउँदा दशैं मान्न समस्या भएको उनीहरूको भनाई छ ।