
काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवनबाट चुनाव नलड्ने संकेत देखिएको छ ।
अध्यक्ष प्रचण्ड चितवनबाट चुनाव नलड्ने संकेत पाएपछि चितवनका माओवादीका कार्यकर्तामा हलचल पैदा भएको छ । माओवादी निकट वाईसीएलका केन्द्रीय कोषाध्यक्ष सन्तोष पनेरुले मंगलबार सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै चितवन र ३ नं निर्वाचन क्षेत्रको विकासको विशाल सम्भावनामाथि गम्भीर संकट आएकाे बताउनुभएकाे छ ।
उहाँले देशका र बाहिरका परिवर्तन बिरोधीका हजार षडयन्त्रका कारण क्रान्तिकारी नेतृत्व अन्यत्र जानुपर्ने परिस्थिति समेत सिर्जना भएकाे बताउनुभएकाे छ ।
उहाँले सामाजिक संजाल फेसबुकमा यस्ताे लेख्नुभएकाे छ:

प्रतिक्रिया दिनुहोस्