
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बुधबार विजया दशमीका दिन विशिष्ट व्यक्ति र सर्वसाधारणलाई दशैंको टीका लगाइदिने हुनेभएको छ ।
राष्ट्रपति कार्यालयले राष्ट्रपति भण्डारीले विशिष्ट व्यक्तिलाई टीका लगाउनका लागि १ घण्टा समय छुट्याइएको जनाएको छ । यस्तै, सर्वसाधारणका लागि २ घण्टाको समय निर्धारण गरिएको छ ।
इच्छुक विशिष्ट व्यक्तिहरू उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, केन्द्र सरकारका मन्त्री, प्रदेश प्रमुख, न्यायाधीशहरू, संघीय संसद्का सांसदहरू, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्ट व्यक्तिहरूलाई बुधबार दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ ।
यस्तै, राष्ट्रपतिबाट टीका लगाउन इच्छुक सर्वसाधारणका लागि दिउँसो ३ देखि ५ बजेसम्मको समय निर्धारण गरिएको छ ।
यसैबीच, पूर्वराजा ज्ञानेन्द्र शाहले भने यो वर्ष पनि सर्वसाधारणलाई टीका नलगाइदिने हुनुभएको छ । बढिरहेको डेंगुलाई कारण देखाउँदै उहाँले टीका नलगाउन स्थगित गर्नुभएको हो ।
सर्वसाधारणलाई टीका लगाउने राजतन्त्रको चलन सिको गर्दा राष्ट्रपति कार्यालय विवादमा तानिएको छ ।
प्रतिक्रिया दिनुहोस्