
काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब इन्टर मिलानले स्पेनको बार्सिलोनालाई पराजित गरेको छ ।
समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा इन्टरले बार्सिलोनालाई १–० ले पराजित गरेको हो ।
इन्टरको जितमा हाकन काल्हानोग्लुले निर्णायक गोल गरे । उनले पहिलो हाफको इन्जुरी समयमा गोल गरे ।
यो जितसँगै इन्टरले ३ खेलमा ६ अंक जोडेको छ । समूह सी को इन्टर दोस्रो स्थानमा रहेको छ । बार्सिलोना ३ अंक जोडेर समूहको तेस्रो स्थानमा रहेको छ ।
लिग च्याम्पियन्सको अर्काे खेलमा लिभरपुलले सहज जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा लिभरपुलले रेन्जर्सलाई २–० ले हराएको हो ।
खेलको सातौं मिनेटमा आर्नोल्डले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । त्यसपछि ५३ औं मिनेटमा सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई २–० को जित दिलाए ।
जितसँगै समूह ए को लिभरपुलले ३ खेलमा ६ अंक जोडेको छ । अंक विहीन रेन्जर्स पुछारमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्