१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मान्यजन र आफन्तकोमा दशैंको टीका लगाउन जानेको चहलपहल सुरू


13
Shares

काठमाडौं । दुर्गापक्षको मुख्य दिन आज बुधबार विजया दशमीका दिन मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाउन हिँड्नेको चहलपहल सुरू भएको छ ।

साइतमै लगाउनेहरूले बिहान ११ बजेर ५१ मिनेटको उत्तम साइतमा टीका लगाएका छन् । दशैंको साइतको टीका लगाएर आफन्त र मान्यजनको हातबाट टीका लगाउन जानेहरूको सडकमा चहलपहल सुरु भएको हो ।

निधारमा रातो टीका लगाएका मानिसहरु सडकका देखिएका छन् । सार्वजनिक गाडी फाट्टफुट्टरूपमा मात्रै चलेका छन् भने निजी गाडीमा मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा आउने जाने गरिरहेका छन् ।

नेपालको पश्चिमका केही जिल्लामा विजया दशमीको एक दिन मात्र टीका थाप्ने चलन भएकाले त्यता निकै चटारो हुन्छ । तर अरु भेगमा भने आजदेखि पूर्णिमाका दिनसम्मै टीका थाप्ने चलन रहेको छ ।